Isaiah 41:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले तिनीहरूलाई बतासमा निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लैजानेछ र आँधीमा तिनीहरू छरपष्‍ट पारिनेछन्। तब तँ खुसी हुनेछस् किनकि म तेरा परमेश्‍वर हुँ। तिमीहरूले म इस्राएलका पवित्र परमेश्‍वरको प्रशंसा गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तिनीहरूलाई निफन्‍नेछस्, र बतासले तिनलाई उठाएर लैजानेछ, र आँधीले तिनीहरूलाई उड़ाएर लैजानेछ। तर तँचाहिँ परमप्रभुमा रमाहट गर्नेछस्‌। तैंले इस्राएलका परमपवित्रको महिमा गर्नेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तिनीहरूलाई नाङ्लोले निफन्‍नेछस्, र हावाले तिनीहरूलाई उडाइलैजानेछ, र आँधीले तिनीहरूलाई छरपस्ट पारिदिनेछ। तर तँचाहिँ याहवेहमा आनन्दित हुनेछस्, र तैँले इस्राएलका पवित्र परमेश्‍वरलाई प्रशंसा गर्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”