Isaiah 41:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब मेरा प्रजाले खाँचो परेर पानी खोज्दछन् र जब तिर्खाले तिनीहरूका घाँटी सुकेका हुन्छन्, तब म परमप्रभुले तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु। म, इस्राएलका परमेश्वरले तिनीहरूलाई कहिल्यै त्याग्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, तर पानी कतै छैन; तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; म इस्राएलका परमेश्वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।