Isaiah 41:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूखा डाँडाहरूमा म नदी बहाउनेछु। र बेँसीमा पानीका फोहोरा फुटाउनेछु। मरुभूमिलाई पानीको पोखरी र सुख्खा जमिनलाई बग्ने फोहोरा बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झरनाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु मरूभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झरनाका पानी हुनेछ।