Isaiah 41:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसले विजयी मानिसलाई पूर्वबाट ल्‍यायो र उसलाई कदम-कदममा विजय दिन्‍छ? कसले उसलाई राजा र जातिहरूमाथि विजय दिन्‍छ? उसका तरवारले तिनीहरूलाई धुलो पारिदिन्‍छ, उसका काँडले तिनीहरूलाई भुसझैँ उडाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्‍छ, र राजाहरूलाई तिनको सामुन्‍ने आफ्‍नो अधिकारमा ल्‍याउनुहुन्‍छ। तिनले उनीहरूलाई आफ्‍नो तरवारले धूलोजस्‍तै र आफ्‍नो धनुले उड़ाएको भुसजस्‍तै पारिदिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कसले पूर्वबाट एक जनालाई उहाँको सेवाको निम्ति धार्मिकतामा बोलाएर सुर्‍याएको छ? उहाँले त्यसलाई राष्ट्रहरू दिनुहुन्छ, र राजाहरूलाई त्यसको वशमा पार्नुहुन्छ। जसले आफ्नो तरवारले तिनीहरूलाई माटोमा परिणत गरिदिनुहुन्छ, तथा आफ्नो धनुले बतासलाई उडाएको भुसमा परिणत गरिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिंड्दछ। उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।