Isaiah 41:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ आओ र के इन्साफ हुनेछ, सो बताओ र न्याय भएपछि त्यसो भएको हामी बुझौंला। बितेका दिनका घटनाहरूबारे अदालतमा बयान देओ र तिनका अर्थ हामीलाई बताओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जे हुन आउनेछ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्याओ। यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्छ भनी हामी जान्न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका मूर्तिहरूलाई लिएर आओ भविष्यका कुरा तिनीहरूले भनून्। अगिका कुराहरू के थिए, हामीलाई भन, र हामी तिनीहरूमाथि विचार गरौँ; अनि तिनीहरूका अन्तिम नतिजा जान्न सकौँ। अथवा भविष्यमा हुने कुराहरू घोषणा गर;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ। “आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।