Isaiah 41:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदा दिनमा के हुने हो, सो हामीलाई बताओ, तब तिमीहरू साँचो ईश्‍वर रहेछौ भनी हामीहरू बुझ्‍नेछौं! केही भलाइ गर वा विपत्ति ल्‍याओ। हामीलाई डर र त्रासले सताओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्‍वर हौ भनी हामी जान्‍न सकौंला। असल वा खराब केही गर, कि हामी हरेस खाऔं अनि डरमा परौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भविष्यमा के हुने हो, हामीलाई भन, र तिमीहरू देवताहरू हौ भनी हामी जान्‍न सकौँ। असल वा खराब केही गर ताकि हामी चकित भएर डराउनु परोस्।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।