Isaiah 41:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले एक जना मानिसलाई उत्तर दिशादेखि छानेको छु र त्यो आउँछ। सूर्य उदय हुने दिशाबाट आएर त्यसले मेरो नाउँको पुकारा गर्नेछ। हिलोलाई कुल्चेझैँ, अँ, कुमालेले माटो कुल्चेझैँ त्यसले शासकहरूलाई कुल्चनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले कसैलाई उत्तर दिशादेखि उक्साएको छु, र तिनी आउँछन्। सूर्य उदय हुने दिशाबाट आएर तिनले मेरो नाउँ लिन्छन्। तिनले हिलोलाई कुल्चेझैँ शासकहरूलाई कुल्चनेछन्, कुमालेले माटो कुल्चेझैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले उत्तरबाट एक जनालाई सुर्याएको छु; अनि त्यो आउँछ, घाम उदाउने दिशाबाट, जसले मेरो नामको पुकार गर्छ। त्यसले शासकहरूलाई यसरी कुल्चनेछ, जसरी कुमालेले माटो कुल्चन्छ।
Nepali ERV (पवित्र बाइबल)
“मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु। उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ। उसले मेरो आराधना गर्छ। एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिडँछ। त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।”