Isaiah 41:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्‍ये कुनचाहिँले यो कुरा हुनेछ भनी अघिबाटै भनेको थियौ? तिमीहरू ठीक हौ भनी हामी कसरी भन्‍न सक्‍छौं र? तिमीहरू कसैले यसबारे एक शब्‍द बोलेनौ, तिमीहरूले बोलेका कसैले सुनेनन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुरुदेखि कसले यो प्रकट गरेको छ र हामीले जान्‍न सक्‍थ्‍यौं? अथवा अघिदेखि कसले यो प्रकट गर्‍यो र उहाँ ठीकै हुनुहुन्‍थ्‍यो भनी हामी भन्‍न सक्‍थ्‍यौं? यो कुरा कसैले हामीलाई बताएन, पहिले कसैले एक वचन पनि भनेन। तिमीहरूका वचन सुन्‍ने कोही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्‍न सकौँ, अथवा पहिले नै बताएको छ र हामी ‘त्यो ठिक छ’ भन्‍न सकौँ? यसबारे कसैले भनेनन्, कसैले कहिल्यै भनेनन्; तिमीहरूबाट कसैले केही कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो? हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ। के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अहँ। ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्। ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन् अनि ती झुटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्तैनन्।