Isaiah 41:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु नै यो खबर सियोनलाई दिने पहिलो थिएँ, मैले एउटा खबर गर्ने मानिसलाई यरूशलेममा यसो भनी पठाएँ, ‘हेर, तिनीहरू यहाँ छन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनलाई ‘हेर, तिनीहरू त यहाँ छन्‌’ भन्‍ने सबैभन्‍दा पहिले म नै थिएँ। यरूशलेमलाई शुभ समाचार दिन एक जना समाचारवाहक पठाउने म नै थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्‍ने म नै पहिलो हुँ। यरूशलेमलाई शुभ समाचार दिने दूत म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ। मैले यो समाचार सहित यरूशलेममा सन्देशवाहकहरू पठाएँ “हेर, तिम्रा मानिसहरू फर्केर आइरहेछन्।”