Isaiah 41:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले यो सब गरायो? कसले सुरुदेखि अहिलेसम्ममा पुस्ताहरूलाई बोलायो? म परमप्रभु सुरुमा थिएँ र म परमप्रभु अन्तसम्म रहनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुस्ताहरूलाई सुरुदेखि बोलाएर, यो काम कसले गर्यो र पूरा गर्यो? म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो र पछिल्लोसित रहन्छु।”
Nepali ERV (पवित्र बाइबल)
कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।