Isaiah 41:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिकर्मीले सुनारलाई भन्‍दछ, ‘काम खुब राम्रो भयो!’ धातु पिटेर चिप्‍लो मूर्ति बनाउनेले, मूर्ति जोड्‍नेको मन बढाइदिन्‍छ। तिनीहरू भन्‍छन्, ‘रसाउने काम राम्रो भयो,’ र किला ठोकेर मूर्तिलाई ठाडो बस्‍ने गरी जोड्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कारिगरले सुनारलाई ढाडस दिन्छ, र धातु पिट्न घन प्रहार गर्नेले लिहिमा धातु पिटेर चिल्‍लो पार्नेलाई प्रोत्साहन दिन्छ। त्यसले लिहिको विषयमा यसो भन्छ, “यो असलै छ।” त्यसले मूर्तिलाई किला ठोकेर बलियो पार्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिँन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन्।’ त्यसपछि भूईंमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।”