Isaiah 41:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तँलाई पृथ्‍वीको पल्‍लो छेउबाट ल्‍याएँ। त्‍यसका टाढा-टाढाका कुनाकुनाबाट बोलाएर भनें, ‘तँ मेरो सेवक होस्। मैले तँलाई त्‍यागिनँ तर छानेको छु!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई मैले पृथ्‍वीको अन्‍तदेखि समातेर ल्‍याएँ, र पृथ्‍वीको पल्‍लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्‌।’ मैले तँलाई छानेको छु, र तँलाई इन्‍कार गरेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तँलाई पृथ्वीको पल्‍लो छेउबाट लिएँ, र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ।