Isaiah 42:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यो मेरो सेवक हो, जसलाई म बल दिँदछु, जसलाई मैले छानेको छु, जोसित म खुसी छु। मैले त्यसलाई मेरो आत्माले भरेको छु र त्यसले प्रत्येक जातिमा न्याय ल्याउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु। तिनमा म मेरो आत्मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।