Isaiah 42:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, सारा संसारले उहाँको प्रशंसा गाओ! समुद्रमा यात्रा गर्नेहरूले उहाँको प्रशंसा गर! समुद्रका जन्‍तुहरूले उहाँको प्रशंसा गर! टाढा-टाढाका देशहरू र त्‍यहाँका बासिन्‍दाहरूले भजन गाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्‍वीको पल्‍लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्‍यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्‍दा हो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको लागि एउटा नयाँ गीत गाओ, र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गर; हे समुद्र यात्रा गर्नेहरू, र त्यसमा भएका सबै थोक, टापुहरू र तिनका सबै बासिन्दा हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!