Isaiah 42:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “लामो समयदेखि म चुप रहें। मैले आफैंलाई रोकेर राखेको थिएँ, तर अब काम गर्ने समय आयो, बेथा लागेकी स्त्रीझैँ म कराउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धेरै समयसम्म म चूपचाप बसें। म शान्त बसें, र आफैलाई रोकिराखें। तर बच्चा पाउन लागेकी स्त्रीझैँ अब म कराउँछु, मलाई स्वाँ-स्वाँ हुन्छ र सास फेर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धेरै समयसम्म म चुप रहेँ, म शान्त भएर आफूलाई रोकिराखेँ। तर अब, प्रसव वेदना लागेकी स्त्रीझैँ म चिच्याउँछु; म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु।
Nepali ERV (पवित्र बाइबल)
“धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्। मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ। तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु म तेज जबरजस्ती गरेर सास फेर्नेछु।