Isaiah 42:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा अन्‍धा प्रजालाई तिनीहरू कहिल्‍यै नहिँडेका बाटोबाट डोर्‍याउनेछु, तिनीहरूको अन्‍धकार उज्‍यालोमा बदल्‍नेछु र तिनका अघि भएको खाल्‍टा-खुल्‍टी ठाउँलाई समतल पारिदिनेछु। यी मेरा प्रतिज्ञाहरू हुन् र म आफ्‍ना प्रतिज्ञाहरू पूरा गरिछोड्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म अन्‍धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्‍याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्‍यारोलाई उज्‍यालो र खाल्‍टाखुल्‍टी ठाउँलाई सम्‍म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्‍याग्‍नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्‍याउनेछु; नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु; म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु; अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु। म यी कुराहरू गर्नेछु; म तिनीहरूलाई त्याग्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।