Isaiah 42:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब उहाँका प्रजा लुटिएका छन्, तिनीहरू कैदी भएर कालकोठरीमा थुनिएका छन् र झ्यालखानमा हालिएका छन्। तिनीहरू लुटिएका छन् र तिनीहरूको छुटकाराको निम्ति आउने कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो एउटा यस्तो जाति हो, जो ठगिएका र लुटिएका छन्। तिनीहरू सबै खाल्डामा जाकिएका छन् अथवा तिनीहरू झ्यालखानमा लुकाइएका छन्। तिनीहरू लुटिएका छन्, तिनीहरूलाई छुटाउने कोही छैन। तिनीहरू लूट बनाइएका छन्, र तिनीहरूलाई फर्काई पठाइदेओ भन्ने कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो जाति खोसिएको र लुटिएको छ; ती सबै खाडलमा परेका छन्, अथवा झ्यालखानामा लुकाइएका छन्। कसैले छुटाउन नसक्ने गरी तिनीहरू लुटिएका छन्; तिनीहरू लुट बनाइएका छन्, कसैले पनि ती फर्काओ भन्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।