Isaiah 42:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले इस्राएललाई लुटाहाहरूका हातमा पारिदियो? उहाँ तिनै परमप्रभु हुनुहुन्थ्यो, जसको विरुद्धमा हामीले पाप गरेका थियौं। उहाँको इच्छाअनुसार हामी आफ्ना जीवन बिताउन चाहँदैनथ्यौं। उहाँले दिनुभएको शिक्षा पालन गर्दैनथ्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबलाई लूट बन्न, र इस्राएललाई डाँकूहरूका वशमा पर्न कसले सुम्पिदियो? के परमप्रभुले होइन र, जसको विरुद्धमा हामीले पाप गरेका छौं? किनकि तिनीहरू उहाँको बाटोमा हिँड़ेनन्, तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले याकोबलाई लुटिन दियो, र इस्राएललाई कसले खोसिन दियो? के याहवेहले नै होइन? जसका विरुद्ध हामीले पाप गरेका छौँ? किनकि तिनीहरू उहाँका मार्गमा हिँडेनन्; तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।