Isaiah 42:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण उहाँले हामीमाथि आफ्‍नो रिस पोखाउनुभयो र लडाइँको हिँसाको कष्‍ट-भोग गराउनुभयो। आगोझैँ उहाँको क्रोध सारा इस्राएलमा दन्‍केको थियो। तर के हुँदै छ, त्‍यो हामीले कहिल्‍यै बुझेनौं, त्‍यसबाट हामीले केही शिक्षा लिएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण उहाँले तिनीहरूमाथि आफ्‍नो बलिरहेको रीस र लड़ाइँको हिंसा पोखाउनुभयो। त्‍यसैले तिनीहरूका चारैतिर आगो सल्‍कियो, तापनि तिनीहरूले बुझेनन्‌। त्‍यसले तिनीहरूलाई भस्‍म पार्‍यो, तापनि तिनीहरूले त्‍यो कुरा मनमा राखेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो, र युद्धको प्रचण्डता पोखाउनुभयो। त्यसले तिनीहरूलाई ज्वालामा लपेट्यो, तर पनि तिनीहरूले बुझेनन्; त्यसले तिनीहरूलाई भस्म पारिदियो, तर पनि तिनीहरूले त्यो कुरा मतलब राखेनन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।