Isaiah 42:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आकाश बनाएर टाँग्‍नुभयो। उहाँले पृथ्‍वी र त्‍यसका सारा प्राणी सृजना गर्नुभयो। पृथ्‍वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो। अब परमप्रभु परमेश्‍वर आफ्‍नो सेवकलाई भन्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर परमप्रभु यसो भन्‍नुहुन्‍छ— आकाश सृष्‍टि गरेर त्‍यो फैलाउनुहुने, अनि पृथ्‍वी र त्‍यसबाट उत्‍पन्‍न हुने सबैलाई फैलाउनुहुने, र त्‍यसमा भएका मानिसहरूलाई सास अनि त्‍यसमा हिँड्‌डुल गर्नेहरूलाई आत्‍मा दिनुहुने:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: जसले आकाशहरू सृष्‍टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।