Isaiah 42:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पृथ्वीमा न्याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्नेछु, तँद्वारा म जाति-जातिमा ज्योति दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु;
Nepali ERV (पवित्र बाइबल)
“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।