Isaiah 43:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएलका मानिसहरू हो, तिमीहरू मेरा साक्षी हौ। तिमीहरूले मलाई चिन र विश्वास गर र म एक मात्र परमेश्वर हुँ भनी बुझ भनेर मैले तिमीहरूलाई मेरा सेवक हुनलाई छानें। मबाहेक अरू कोही परमेश्वर छैन, त्यस्तो कहिल्यै थिएन र कहिल्यै हुने पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक। मभन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्न सक; अनि मलाई विश्वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्वर रचिएको थिएन, न त मपछि कोही हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।