Isaiah 43:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका पवित्र परमेश्‍वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई बचाउन म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु, म सहरका मूल-ढोकाहरू फोडिदिनेछु र त्‍यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।