Isaiah 43:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले मलाई भेडाको होमबलि चढाउँदैनथिस् तैँले बलि चढाएर मेरो आदर गर्दैनथिस्। मैले भेटीहरू मागेर तँलाई भार दिएको थिइनँ, न त धूप-बत्ती मागेर तँलाई थकाउँथें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले होमबलिको लागि भेड़ा ल्याएको छैनस्, न त आफ्ना बलिदानले तैंले मलाई मेरो इज्जत गरेको छस्। अन्नबलि चढ़ाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ, न त धूप मागेर तँलाई थकाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। मैले तँलाई अन्नबलिको बोझ बोकाएको छैनँ, न त धूपको माग गरेर तँलाई थकित पारेको छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेडा ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिन। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ।