Isaiah 43:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले मेरो निम्ति धूप किन्दैनथिस् न त तेरो बलिका बोसोले मलाई सन्तुष्ट पार्दथिस्। त्यसका सट्टामा तैँले मलाई तेरो पापको बोझ बोकाउँथिस्, आफूले गरेको अपराधले तैँले मलाई थकाउँथिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले मेरो निम्ति बास्ना आउने बोझो किनेर ल्याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्त पारेको छैनस्। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले मेरा निम्ति बास्ना आउने बोझो ल्याएको छैनस्, न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिञ्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।