Isaiah 43:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु किनभने तँ मेरो निम्ति अति बहुमूल्य छस्। अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।”