Isaiah 44:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले त्‍यसको पूजा गर्नेछ, त्‍यो होचो पारिनेछ। मूर्ति बनाउनेहरू मानिस मात्र हुन्, त्‍योभन्दा बढ्ता तिनीहरू केही होइनन्। तिनीहरू आऊन् र जाँचमा खडा होऊन्। तिनीहरू भयभीत हुनेछन् र तिनीहरूको अपमान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो र त्‍योजस्‍ता सबै लाजमा पर्नेछन्‌। कारीगरहरू केवल मानिसहरू मात्र हुन्‌। तिनीहरू एकसाथ भेला भएर खड़ा होऊन्‌। तिनीहरू तर्सिनेछन्‌ र लज्‍जित हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।