Isaiah 44:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोहारले एक टुक्रा धातु लिएर त्यसलाई आगोमा हालेर गलाउँछ। धातुलाई आकार दिन त्यसको बलियो पाखुराले मार्तोल चलाउँछ। काम गर्दा-गर्दा त्यसलाई भोक, तिर्खा र थकाइ लाग्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोहारले एउटा औजार लिन्छ र भुङ्ग्रामा काम गर्छ, त्यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्दछ। त्यसले आफ्नो बलियो पाखुराले त्यो काम गर्दछ। त्यो भोकाउँछ, र त्यसको बल घट्छ। त्यसले पानी पिउँदैन र त्यसलाई भाउन्न छुट्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।