Isaiah 44:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस काममा चलाउन त्यसले देवदारुको रूख काट्ला वा त जङ्गलबाट फलाँट कि सिसौका काठ रोज्ला वा त त्यसले सल्लाको रूख लगाउला र त्यो वर्षको पानीले नबढाउञ्जेल पर्खन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले देवदारु काठ अथवा धूपी वा फलाँटको रूख चुन्यो, र वनका अरू रूखहरूसँग त्यसलाई बढ्न दियो। अथवा त्यसले सल्लाको रूख लगायो र वर्षाको पानीले त्यसलाई बढ़ायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसले धुपी, देवताहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफै उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, वर्षाले ती रूख उमार्दछ।