Isaiah 44:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले रूखको एक भागको दाउरा जलाउँछ र अर्को भाग मूर्ति बनाउनमा चलाउँछ। एक भागले त्‍यसले आगो बाल्‍छ र आफू न्‍यानो हुन्‍छ अनि रोटी पकाउँछ, अर्को भागले देवता बनाएर पुज्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो मानिसलाई जलाउनका निम्‍ति दाउरा हुन्‍छ, र त्‍यसले त्‍यसबाट केही लिएर आफै त्‍यसको आगो ताप्‍छ। त्‍यसले त्‍यो जलाएर रोटी पकाउँछ। तर त्‍यसले एउटा देवता पनि बनाएर त्‍यसलाई पुज्‍छ। त्‍यसले त्‍यसबाट मूर्ति बनाउँछ, र त्‍यसको अगाड़ि घोप्‍टो पर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।