Isaiah 44:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दाउरा लिएर त्यसले आगो बाल्छ, मासु पकाउँछ र त्यो खाएर अघाउँछ। आगोमा जिउ तातिएपछि त्यसले भन्छ, “कति राम्रो र तातो! कति असल आगो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस काठको आधा भाग त्यसले आगोमा जलाउँछ, त्यसमाथि त्यसले आफ्नो खानेकुरा पकाउँछ, त्यसैबाट त्यसले मासु भुट्छ र खान्छ। त्यसले आगो पनि तापेर भन्छ, “अहा! म तातिएँ, मैले आगो देख्न पाएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउञ्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”