Isaiah 44:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी काठले मूर्ति बनाउँछ र त्यसलाई ढोगेर पुज्छ। मूर्तिलाई बिन्ती गर्दै त्यसले भन्छ, “तपाईं मेरो देवी-देवता हुनुहुन्छ, मलाई बचाउनुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको बाँकी भागबाट त्यसले एउटा ईश्वर बनाउँछ, त्यसको मूर्ति। त्यसको सामुन्ने त्यो घोप्टो परेर त्यसलाई पुज्छ, र त्यसलाई प्रार्थना गर्छ र भन्छ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। उ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”