Isaiah 44:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ति बनाउने सिकर्मीसित यसो भन्‍ने ज्ञान वा समझ छैन, “केही दाउरा मैले जलाएँ। आगोमा रोटी पोलें, मासु पकाएँ र खाएँ। बाँकी काठले एउटा मूर्ति बनाएँ र अब त्‍यस काठको टुक्रालाई घोप्‍टिएर ढोग्‍दै छु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले बसेर विचार गर्दैनन्, यसो भन्‍नलाई कसैसित ज्ञान अथवा समझ छैन, “मैले त्‍यसको आधा भाग दाउराको रूपमा प्रयोग गरें। त्‍यसैको आगोमा मैले रोटी पनि पोलें। मैले मासु भुटेर खाएँ। के त्‍यसको बचेको भागबाट मैले घिनलाग्‍दा थोक बनाउने? के मैले नै रूखको ठुटाको सामुन्‍ने घोप्‍टो पर्ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्‍ने ज्ञान र समझशक्ति कसैसित छैन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”