Isaiah 44:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खरानी खाए जतिकै त्‍यसको समझ छ। त्‍यसको मूर्ख विचारले त्‍यसलाई यस्‍तो गलत बाटोमा लगेको छ, त्‍यसले आफैंलाई बचाउन सक्‍दैन। आफूले हातमा लिएको मूर्ति झूटो हो भनी त्‍यसले मान्‍दै मान्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले खरानी बुकाउँछ, धोकेबाज हृदयले त्‍यसलाई भ्रममा पार्छ। त्‍यसले आफ्‍नो प्राणलाई बचाउन सक्‍दैन, न त भन्‍न सक्‍छ, “के मेरो दाहिने हातमा भएको चीज झूटा होइन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्‍न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”