Isaiah 44:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बादल हटाएझैँ मैले तेरा अपराधहरू हटाइदिएको छु। बिहानको कुइरो फाटेर पन्सिएझैँ तेरा पापहरू पन्साइदिएको छु, मकहाँ फर्केर आइज, तँलाई बचाउने म नै हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।”
Nepali ERV (पवित्र बाइबल)
तिम्रो पापहरू ठूलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिएँ। तिम्रा पापहरू मेटिएर गए, जसरी बादल पातलो हावामा हराउँदछ। मैले तिमीलाई जोगाएँ अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”