Isaiah 44:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे आकाश हो, आनन्‍दले गाऊ! हे भूगर्भ हो, चिच्‍च्‍याऊ! हे पर्वत र जङ्गलका रूखहरू, आनन्‍दले कराओ! परमप्रभुले आफ्‍नो प्रजा इस्राएललाई बचाउनुभएर आफ्‍नो महान्‌ता देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे आकाश, आनन्‍दले गा, किनकि परमप्रभुले त्‍यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्‍यहाँका सबै रूख हो, उच्‍च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्‍नो महिमा देखाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्‍च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म। पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्। किन? किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।