Isaiah 44:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जोखाना हेरी भविष्‍य बताउनेहरूलाई मूर्ख बनाउँदै छु, म ज्‍योतिषीहरूको अगमवाणी झूटो तुल्‍याउँदछु। म बुद्धिमान्‌हरूको खण्‍डन गर्दछु। तिनीहरूको बुद्धिमानी कुरा मूर्खता हो भनी देखाइदिन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले झूटा अगमवक्ताहरूका चिन्‍ह निष्‍फल तुल्‍याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्‍याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्‍ट पार्नुहुन्छ, र त्‍यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्‌हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।