Isaiah 44:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब मैले अगमवाणी गर्न मेरो सेवकलाई पठाउनेछु, तब म आफ्‍ना योजना जनाउन दूत पठाउँदछु, तब म ती अगमवाणी र योजनाहरू पक्‍का गराउँदछु। यरूशलेममा मानिसहरू फेरि बसोबास गर्नेछन् भनी म यरूशलेमलाई भन्‍दछु र यहूदाका सहरहरूलाई भन्‍दछु कि ती नयाँ गरी बसालिनेछन्। ती सहरहरू विनाशबाट उठेर खडा हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ। परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”