Isaiah 44:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कोरेसलाई भन्‍दछु, ‘तँ मेरो गोठालो होस्, म जे चाहन्‍छु, त्‍यो तैँले गर्नेछस्, यरूशलेम फेरि बनाउने र मन्‍दिरका जग फेरि बसाल्‍ने आज्ञा तैँले दिनेछस्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले कोरेसका बारेमा भन्‍नुहुन्छ, ‘त्‍यो मेरो गोठाला हो, र मेरो सबै इच्‍छा त्‍यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्‍यसले यसो भन्‍नेछ, “त्‍यो फेरि बनाइओस्,” र मन्‍दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्‍नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘