Isaiah 44:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एक-एक गरी मानिसहरूले भन्‍नेछन्: ‘म परमप्रभुको हुँ।’ तिनीहरू इस्राएलका मानिसहरूसित मिल्‍न आउनेछन्। प्रत्‍येकले आफ्‍नो बाहुमा परमप्रभुको नामको चिन्‍ह लाउनेछ र आफैंलाई इस्राएल भनी नाम राख्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले भन्‍नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्‍नो नाउँ याकूब राख्‍नेछ, अझै अर्काले आफ्‍नो हातमा ‘परमप्रभुको’ भनी लेख्‍नेछ, र आफ्‍नो नाउँ इस्राएल राख्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘