Isaiah 44:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मैले गरेजस्‍तो अरू कसले गर्न सक्‍यो? समयको सुरुदेखि अन्‍तसम्‍म के-के हुन्‍छन्, ती सबै कसले अघिबाट बताउन सक्‍यो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मजस्‍तै को छ र? त्‍यसले त्‍यो घोषणा गरोस्‌। त्‍यसले बताओस्‌ र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्‍थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्‍यसले हामीलाई अघिबाटै बताओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।
Nepali ERV (पवित्र बाइबल)
यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।