Isaiah 44:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो प्रजा, नडरा! तँ जान्दछस् कि उहिलेदेखि अहिलेसम्म के-के हुन्छन्, ती मैले अघिबाटै बताइदिएको छु र तिमीहरू मेरा साक्षीहरू हौ। के मबाहेक अरू कोही परमेश्वर छ र? अँहँ, मैले जानेको अरू कुनै शक्तिमान् चट्टान छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”