Isaiah 44:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ति बनाउनेहरू सबै जना व्‍यर्थका हुन् र तिनीहरूले धेरै दामी ठानेका देवी-देवताहरू बेकम्‍मा छन्। ती देवी-देवताहरू पुज्‍ने मानिसहरू अन्‍धा र ज्ञान नभएकाहरू हुन्। तिनीहरूको अपमान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्तिहरू बनाउने सबै व्‍यर्थ हुन्, र तिनीहरूले मूल्‍यवान्‌ सम्‍झेका वस्‍तुहरू मूल्‍यहीन छन्‌। तिनीहरूको पक्षमा बोल्‍नेहरू अन्‍धा छन्, तथा तिनीहरू अबोध भएर आफू शर्ममा परेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।