Isaiah 45:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले इस्राएललाई बचाउनुभएको छ, त्‍यसको विजय सदाकालको निम्‍ति हुनेछ, त्‍यसका बासिन्‍दाहरूको कहिल्‍यै अपमान हुनेछैन’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्‍त कालसम्‍म तिमीहरू कहिल्‍यै लज्‍जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्‍जत हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएल अनन्तको उद्धारसित याहवेहद्वारा बचाइनेछ; तँ कहिल्यै शर्ममा पर्नेछैनस्, अथवा युग-युगसम्म अपमानित हुनेछैनस्।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।