Isaiah 45:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले स्वर्ग सृजनुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ! उहाँले पृथ्वीलाई आकार दिनुभयो र बनाउनुभयो, उहाँले त्यसलाई स्थिर र स्थायी बनाउनुभयो। उहाँले पृथ्वीलाई उजाड-स्थान होइन, तर मानिसहरू बसोबास गर्ने स्थान बनाउनुभयो। उहाँले नै भन्नुहुन्छ, “परमप्रभु म नै हुँ र अरू कुनै परमेश्वर छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ, जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह भन्नुहुन्छ— जसले स्वर्ग सृजनुभयो, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो; उहाँले त्यसलाई स्थापित गर्नुभयो; त्यसलाई रित्तो हुनलाई सृष्टि गर्नुभएको होइन, तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म नै याहवेह हुँ, मबाहेक अर्को कोही परमेश्वर छैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ, म बाहेक अरू कोही परमेश्वर छैन।