Isaiah 45:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले गुप्‍तमा बोलेको छैनँ, मैले आफ्‍नो अभिप्राय लुकाएको छैनँ। मैले इस्राएलका मानिसहरूलाई व्‍यर्थमा मेरो खोजी गर्न लगाइनँ। म परमप्रभु हुँ र साँचो बोल्‍दछु, म ठीक कुरा बताउँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍धकारको देशमा कहीँबाट मैले गुप्‍तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्‍यर्थमा खोज’ भनी मैले याकूबका सन्‍तानलाई भनिनँ। म, परमप्रभु सत्‍य बोल्‍दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले गुप्‍तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु।
Nepali ERV (पवित्र बाइबल)
“म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।”