Isaiah 45:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्‌नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।