Isaiah 45:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “लडाइँबाट बाँचेका हे जाति-जातिका मानिसहरू हो, तिमीहरू एकसाथ भएर आओ र आ-आफ्ना मुद्दाको लागि हाजिर होओ। जसले काठका मूर्तिहरू लिएर यात्रामा हिँड्छ र आफूलाई बनाउन नसक्ने देवीदेवताहरूलाई प्रार्थना गर्दछ, त्यसले बिल्कुलै केही जान्दैन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू जम्मा भएर आओ, एकसाथ नजिक आओ, तिमीहरू जाति-जातिका शरणार्थी हो! काठका मूर्तिहरू बोकिहिँड्नेहरू, र बचाउन नसक्ने देवताहरूलाई प्रार्थना गर्नेहरू अबोध छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एकसाथ भेला भएर आओ; हे जाति-जातिका शरणार्थीहरू हो, भेला होओ। काठका मूर्तिहरू बोकिहिँड्नेहरू सबै अज्ञानी हुन्, जसले बचाउन नसक्ने देवताहरूसित प्रार्थना गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।