Isaiah 45:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आएर आफ्‍ना मुद्दा अदालतमा पेश गर र तिनीहरूले आपसमा छलफल गरून्। कसले धेरै अघिबाटै के-के हुनेछ भनी भनेको थियो? के म परमप्रभुले होइनँ, परमेश्‍वर जसले आफ्‍ना प्रजालाई बचाउनुहुन्‍छ? अरू कुनै परमेश्‍वर छँदैछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हुन लागेका कुरा बताओ, त्‍यसलाई प्रस्‍तुत गर। तिनीहरूले आपसमा सल्‍लाह गरून्‌। यो कुरा कसले धेरै वर्षअघि बतायो? उहिलेदेखि यो कसले बतायो? के म, परमप्रभुले होइन र? मबाहेक अरू कोही परमेश्‍वर छैन। धर्मी परमेश्‍वर र उद्धारक, मबाहेक अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्— तिनीहरूले एकसाथ सल्‍लाह लिऊन्। कसले यो धेरै पहिले बतायो, कसले यो धेरै पहिले नै घोषणा गर्‍यो? के म याहवेहले नै होइन? मबाहेक अरू कोही परमेश्‍वर छैन; धर्मी र उद्धारकर्ता परमेश्‍वर म नै हुँ; मबाहेक अरू परमेश्‍वर कोही छैन।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ। “कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै वर्ष अघि घटेका थिए? कसले धेरै वर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्।