Isaiah 45:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रतिज्ञा साँचो छ र त्यो बदलिँदैन। म आफ्नै जीवनको शपथ खाएर भन्दछु, सबैले आएर मेरो सामुन्ने घुँडा टेक्नेछन् र मेरा भक्त भइरहने वाचा बाँध्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नै शपथ खाएको छु; मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने हरेक कुरा उच्चारण गरेको छु; मेरो सामु हरेक घुँडा टेकिनेछ, र हरेक जिब्रोले शपथ खानेछ।
Nepali ERV (पवित्र बाइबल)
“मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।